नेपाल आइडलका विजेतालाई प्रधानमन्त्रीको गितार उपहार

नेपाल आइडलका विजेतालाई प्रधानमन्त्रीको गितार उपहार

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई बधाई तथा उपहार दिएका छन्।

बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले गितार उपहारसहित बधाई दिएका हुन्।

यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरू आफूले हेर्ने गरेको भन्दै युवा पुस्ताका हरेक सुख-दु:खमा आफू साथ रहने बताए।

प्रधानमन्त्रीले विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना उल्लेख गर्दै निरन्तर साधनामार्फत् देशको प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेको दाहाल सचिवालयले जनाएको छ।

असार ११, २०८१ बुधबार ०९:०४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।