लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटीबीच लगानीमा सहकार्य गर्ने समझदारी

लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटीबीच लगानीमा सहकार्य गर्ने समझदारी

काठमाडौं : विद्युतीय तार, केबल तथा कन्डक्टर उत्पादक ‘लिट्मस इन्डस्ट्रिज लिमिटेड’ र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड ‘अवसर इक्विटी डाइभर्सिफाइड फण्ड’बीच लगानीमा सहकार्य गर्ने रणनैतिक साझेदारी भएको छ।

परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने कम्पनीले जनाएको छ।

अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउने कम्पनीको विश्वास छ।

यसका साथै उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउने बताइएको छ।

कार्यक्रममा लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक रोहित गुप्ताले अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा भएको बताए।

साझेदारीले कम्पनीको सञ्चालन विस्तारसँगै ग्राहकलाई अझ गुणस्तरीय सेवा प्रदान गर्न मद्दत गर्ने उनको भनाइ छ।

सोही कार्यक्रममा इक्विटी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र अवसर इक्विटी डाइभर्सिफाइड फण्डका लागि कोष प्रबन्धक ध्रुव तिमिल्सिनाले हामी लिट्मस इन्डस्ट्रिजसँग नजिकबाट सहकार्य गर्न पाउँदा उत्साहित रहेको बताए।

असार ११, २०८१ बुधबार ०८:५३:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।