मेटलाइफ ग्राहकलाई १०० भन्दा बढी स्वास्थ्य संस्थामा छुट

मेटलाइफ ग्राहकलाई १०० भन्दा बढी स्वास्थ्य संस्थामा छुट

काठमाडौं :  मेटलाइफ नेपालले आफ्ना ग्राहकले १ सय भन्दा बढी स्वास्थ्य संस्थामा छुट पाउने भएका छन्।

सक्रिय ग्राहकलाई कम्पनीले उपलब्ध गराउने डिजिटल लाइफ कार्ड सेवामार्फत उनीहरुले यो सेवा लिन पाउने कम्पनीले जनाएको छ।

यो अफरका लागि योग्य हुन मेटलाइफका ग्राहकले आफ्नो कुनै पनि जीवन बीमा पोलीसीको असार ३१, २०८१ अघि आफ्नो बीमाशुल्क तिर्नु पर्नेछ।

उनीहरूले वान बाई मेटलाइफ एपमा दर्ता र लग इन गरेर भुक्तानी गरेको भोलिपल्टै आफ्नो डिजिटल लाइफ कार्ड प्राप्त गर्न सक्नेछन्।

यो सुविधाद्वारा ग्राहकहरूले तुरुन्तै आफ्नो स्वास्थ्य आवश्यकताहरूलाई पूर्ति गर्न विभिन्न छुटहरुको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार लाइफ कार्डले ग्राहकहरूलाई अस्पताल, क्लिनिक, स्वास्थ संस्था र स्पा सहित १०० भन्दा बढी स्वास्थ्य र कल्याण केन्द्रहरूमा छुट दिन्छ।

ग्राहकहरुलाई स्वास्थ्य सेवालाइ सहज बनाउन आफूहरुले योजना थालेको मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले बताए।

असार ११, २०८१ बुधबार ०८:३१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।