पुटिनपछि रुसी प्रधानमन्त्री र सेना प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

पुटिनपछि रुसी प्रधानमन्त्री र सेना प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी : अन्तर्राष्ट्रिय फौजदारी अदालतले पूर्व रुसी प्रधानमन्त्री सर्गेई शोइगु र सेना प्रमुख भ्यालेरी गेरासिमोभविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

उनीहरूमाथि युक्रेनमा युद्ध अपराध र मानवता विरुद्धको अपराधको आरोप छ।

उनीहरूविरुद्ध सिभिल पूर्वाधार र बिजुली नेटवर्कमा मिसाइल आक्रमणको आदेश दिएको आरोप छ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको सदस्य नभएको रुसले यो पक्राउ पुर्जीलाई अस्वीकार गर्दै यसको कुनै महत्व नभएको बताएको छ।

तर, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने अन्तर्राष्ट्रिय फौजदारी अदालतले वारेन्ट जारी गरेकोले रुसी अपराधहरू दण्डित हुने निश्चित रहेको बताएका छन्।

गत वर्ष अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पनि युद्ध अपराधको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो।

असार ११, २०८१ बुधबार ०७:३५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।