माफी मागेको आफ्नो पोस्ट हटाएपछि साम्राज्ञीले जसितालाई भनिन्' बकवास बन्द गर्नु'

माफी मागेको आफ्नो पोस्ट हटाएपछि साम्राज्ञीले जसितालाई  भनिन्' बकवास बन्द गर्नु'

काठमाडौँ : कान्तिपुर टिभीको कार्यक्रम 'इट्स माई शो'की सञ्चालिका ओसिन सिटौलाको बकवास प्रश्न अनि दुई अतिथि स्वस्तिमा खड्का र साम्राज्ञी शाहले खुलाएको अभिनेत्री जसिता गुरुङको निजात्मक पाटोको विवाद समाधानतिर भन्दा थप चर्किन थालेको छ।

जसिताले इन्स्टाग्राममा राखेको पोस्टमा स्वस्तिमा र साम्राज्ञीले माफी माग्दै पोस्ट गरेका थिए। दुई पोस्टमध्ये अहिले जसिताको पोस्टमा साम्राज्ञीले पोस्ट गरेको कमेन्ट छैन।

साम्राज्ञीले आफ्नो इन्टेन्सन बुली गर्ने नभएको तर कार्यक्रममा बोलेको विषयले हर्ट भएकोमा माफी मागेकी थिइन्। जसिताको इन्स्टाको पोस्टमा अहिले स्वस्तिमा र साम्राज्ञीमाथि नानाथरिका कमेन्ट पोस्ट भइरहेका छन्।
जसिताको इन्स्टा पोस्टबाट डिलेट गरिएको साम्राज्ञीको माफी मागेको प्रतिक्रिया।
त्यसमा साम्राज्ञीले माफी मागेको कमेन्ट डिलेट भएपछि उनले आफ्नै इन्स्टाको स्टोरीमा प्रतिक्रिया राख्दै आफूले माफी मागिसके पनि कमेन्ट डिलेट गरेर जवर्जस्ती दोषी देखाउन खोजेको भन्दै जसिताको आलोचना गरेकी छिन्।

शनिवार कान्तिपुर टेलिभिजनमा प्रसारण भएको कार्यक्रममा अनमोलसँग जसिताले डेट गरिरहेको दाबी गरेका थिए। जसिताले सोमबार इन्स्टाग्राममा आफ्नो निजी जीवनमाथि प्रहार भएको भन्दै प्रतिक्रिया लेखेकी थिइन्।

फर्की फर्कीमा सँगै अभिनय गरेका अनमोल र जसिता पुन 'जेरी अन टप'मा सँगै अभिनय गर्दैछन्। पहिला यो फिल्ममा आना शर्मा अनमोलको जोडीको रूपमा अनुबन्ध भइसकेकी थिइन्। पछि एकाएक आनाको ठाउँमा जसिता भित्रिइन्।

साम्राज्ञीले मङ्गलवार इन्स्टाग्रामको स्टोरीमा आफ्नो भनाई राख्दै जेरी अन टपमा आनालाई हटाएर भित्रिएकोमा आलोचना भएपछि त्यो विषयलाई ओझेलमा पार्न कान्तिपुर टिभीको अन्तर्वार्तालाई चर्काउन खोजेको आरोप लगाइन्।

'तिमिले आफ्नो भावना पोस्ट गरेपछि तुरुन्तै माफी मागेको थिएँ जुन असल मनसायले गरिएको थियो। तर तिमिले त्यो मेटाइदियौ। के भइरहेको छ?!! वा के तिमी आना शर्मालाई फिल्मबाट हटाइएको र अरू कसैले काम पाउन सक्ने तथ्यबाट मानिसहरूको ध्यान हटाउन खोज्दै छौ र हामीमाथि आक्रमण गरेर त्यो आगो निभाउन खोज्दै छौ?'

जसिताको इन्स्टाग्राम पोस्टमा स्वस्तिमाले माफी मागेको पोस्ट भने देखिन्छ। उनले पनि जसिता र अनमोलको फ्यानको गाली भने पाइरहेकी छिन्।

कार्यक्रम यति विवादित भए पनि कान्तिपुर टिभी र सञ्चालिका ओसिन भने मौन छन्।
साम्राज्ञीको भनाई
एक साथीको रूपमा तिमिले मलाई वर्षौँसम्म मानसिक रूपमा सताउने मानिसहरूसँग हाङ्गआउट गर्न रोज्यौ। म छक्क थिएँ तर त्यो तिम्रो रोजाई हो।

शो को बारेमा भन्नुपर्दा त्यो होस्टले मजाको लागि प्रश्नहरू सोधेका थिए र हामीलाई थाहा नभएको कुरा बम झैँ खसालेका थिए। तिमी वा अरू कसैलाई चोट पुर्याउने कुनै मनसाय पनि थिएन। तर तिम्रो भावनालाई बुझेर र सम्मान गर्दै तिमिले आफ्नो भावना पोस्ट गरेपछि तुरुन्तै माफी मागेको थिएँ जुन असल मनसायले गरिएको थियो।

तर तिमिले त्यो मेटाइदियौ। के भइरहेको छ?!! वा के तिमी आना शर्मालाई फिल्मबाट हटाइएको र अरू कसैले काम पाउन सक्ने तथ्यबाट मानिसहरूको ध्यान हटाउन खोज्दै छौ र हामीमाथि आक्रमण गरेर त्यो आगो निभाउन खोज्दै छौ / महिलाले महिलालाई समर्थन नगरेको भन्दै!!

म तिम्रो यो पक्ष देखेर छक्क परेको छु जसिता र तिमी कति तल झर्न सक्छौ। तिम्रो बकवास बन्द गर्नु।

असार ११, २०८१ बुधबार ००:०१:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।