एसइईको नतिजा एनसेल एपमा पनि

एसइईको नतिजा एनसेल एपमा पनि

काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एनसेल एपमा समेत हेर्न सकिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचनामा एसइई २०८० को नतिजा एनसेल एपबाट समेत हेर्न सकिने उल्लेख छ।

नतिजाका लागि एनसेल एपको होम स्क्रिनमा गएर एसइई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति राखेपछि सहजै नतिजा हेर्ने सकिने छ। बोर्डले नजिता प्रकाशन गर्न अन्तिम तयारी गरिरहेको छ।

२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट लिन सकिने बोर्डले जनाएको छ।

गत चैत १५ गतेदेखि सञ्चालित एसइई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी थिए।

असार १०, २०८१ मंगलबार २०:४८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।