किराना पसलमा लागूऔषध बिक्री गरिरहेकी ३५ वर्षीय महिला पक्राउ

किराना पसलमा लागूऔषध बिक्री गरिरहेकी ३५ वर्षीय महिला पक्राउ

काठमाडौं : सिरहामा किराना पसलमा लागूऔषध बिक्री गरिरहेकी एक महिला पक्राउ परेकी छन्। 

सोमबार धनगढीमाई नगरपालिका–१ की ३५ वर्षीय बिनादेवी यादवले आफ्नो घरमा सञ्चालन गरेको किराना पसलमा लागूऔषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा उनलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनलाई प्रोमेथोजाइन हाइड्रोक्लोराइड इन्जेक्सन १० थान, डाइजेपाम इन्जेक्सन १० थान, इपल इन्जेक्सन १० थान गरी ३० थान र नाइट्रोभेट ट्याब्लेट ३२५ पिससहित नियन्त्रणमा लिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए। 

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।  

असार १०, २०८१ मंगलबार २०:२७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।