२० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीले २० हजार रूपैयाँ पाउने

२० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीले २० हजार रूपैयाँ पाउने

काठमाडौं : सप्तरीको बोदेबरसाइन नगरपालिकाले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रूपैयाँ प्रदान गर्ने भएको छ।

नगरपालिकाले ११ औँ नगर सभामा बालविवाह न्यूनीकरणका लागि उक्त निर्णय गरेको नगर प्रमुख आतेशकुमार सिंहले जानकारी दिए। 

'यहाँका अधिकांश स्थानमा बालविवाह गर्ने चलन छ, यस अभियानले बालबिबाह कम हुने अपेक्षा गरेका छौँ', नगर प्रमुख सिंहले भने। 

उनका अनुसार नगर सभाले उपहारस्वरुप नगद दिने संगै स्नातक पास गरी विवाह गर्ने महिलालाई पनि सहयोग गर्नेछ।  

असार १०, २०८१ मंगलबार १९:३०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।