चिकित्सा शिक्षा आयोगले तोक्यो शुल्क : उपत्यकाभित्र एमबीबीएस पढ्न साढे ४१ लाख लाग्ने

चिकित्सा शिक्षा आयोगले तोक्यो शुल्क : उपत्यकाभित्र एमबीबीएस पढ्न साढे ४१ लाख लाग्ने

काठमाडौं  चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कको विवरण प्रकाशित गरेको छ।

आयोगले शैक्षिक सत्र २०८१/०८२ का लागि चिकित्सा शिक्षा स्नातक तह र सो भन्दा माथिका शैक्षिक कार्यक्रमका लागि शिक्षण शुल्क निर्धारण तथा समायोजन गरी शुल्कको  विवरण प्रकाशित गरेको हो।

आयोगले असार पाँचमा प्रकाशित गरेको शुल्कको विवरण अनुसार उपत्यकाभित्र एमबीबीएसको शुल्क ४१ लाख ६८ हजार ९० र उपत्यका बाहिर एमबीबीएस अध्ययन गर्नेलाई ४५ लाख ९५ हजार सात सय २० तोकेको छ।

त्यसैगरी बीडीएसको शुल्क २० लाख ९२ हजार दुई सय ९० तोकिएको छ भने बीएस्सी नर्सिङको दश लाख ३६ हजार तोकेको छ। 

आयोगले बीपीटी, बीएस्सी एमआइटी, बीएस्सी एमएलटी, बी. मेडिकल माइक्रोबायोलोजी र बी. मेडिकल बायोकेमेस्ट्री, बी. फार्मेसी, बीपीएच, बी. अप्टम, बी. पर. टेक, बीएएसएलपीको शुल्क सात लाख ७७ हजार तोकेको छ।  

आयोगले बीएएमएस अध्ययनको शुल्क ११ लाख ३१ हजार नौ सय ३० र बीएनएस/बीपीएनको पाँच लाख १८ हजार  र फर्मा डीको शुल्क ६ लाख ७३ हजार चार सय तोकेको छ।

आयोगले स्नातकोत्तर तह र स्नातकोत्तर तह भन्दा माथिको पनि शुल्क तोकेको हो। 

असार १०, २०८१ मंगलबार १९:०७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।