नेपाल अहिले आदिवासी जनजातिको समाज छ : देउवा

नेपाल अहिले आदिवासी जनजातिको समाज छ : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक आपसमा झगडा नगरि मिलेर अघि बढे मात्र देश समृद्ध हुने बताएका छन्। 

मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै समुदाय र जातजाति मिलेर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताए। 

आदिवासी जनजातिको हक स्थापित गर्नको लागि सबै मिलेर लाग्नुपर्ने उनको भनाइ छ। 

उनले भने, ‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ। तपाईंहरूले अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ। भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस्। साथसाथै कांग्रेस पार्टीलाई पनि मजबुत पार्नुस्। यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस्। त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ। तपाईं हरू आदिवासी, जनजाति दिदी-बहिनीहरूको अधिकार पनि संरक्षण हुन्छ। आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन।’

आदिवासी, जनजातिको हकहितको संरक्षणको लागि आफू कटिबद्ध भएर लाग्ने सभापति देउवाको भनाइ छ।

असार १०, २०८१ मंगलबार १८:११:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।