सभामुखमा एनडीए उम्मेदवारलाई समर्थन गर्न राहुल गान्धी तयार तर…

सभामुखमा एनडीए उम्मेदवारलाई समर्थन गर्न राहुल गान्धी तयार तर…

एजेन्सी : भारतीय कांग्रेस नेता राहुल गान्धीले विपक्षी गठबन्धन सभामुख पदका लागि एनडीएका उम्मेदवारलाई समर्थन गर्न तयार रहेको बताएका छन्।

विपक्षी गठबन्धनलाई उपसभामुखको पद दिन तयार भए आफूहरूले सभामुखमा समर्थन गर्न तयार रहेको बताएका हुन्।

गान्धीले समाचार एजेन्सी एएनआईसँग भने, ‘मल्लिकार्जुन खड्गे जीलाई हिजो साँझ राजनाथ सिंहको फोन आएको थियो। उनले विपक्षीहरूले सभामुख पदका लागि एनडीए उम्मेदवारको नामलाई समर्थन गर्न अपील गरेका छन्।’

‘खड्गे जीले स्पष्ट रूपमा उपसभामुख पद विपक्षले पाए सभामुखमा एनडीएका उम्मेदवारलाई समर्थन गर्न तयार रहेको बताउनुभएको छ। राजनाथ सिंहले हिजो बेलुकै फेरि फोन गर्ने बताएका थिए तर अहिलेसम्म फोन गरेका छैनन्।’

राहुल गान्धीले भने, ‘हाम्रो नेतालाई सम्मान गरिएको छैन। उनको नियत स्पष्ट छैन। उपसभामुखको पद प्रतिपक्षको हुनुपर्छ भन्ने परम्परा छ।’

सत्तारुढ गठबन्धन एनडीएले ओम बिरलालाई सभामुख पदको उम्मेदवार बनाएको छ भने कांग्रेसले के सुरेशलाई उम्मेदवार घोषणा गरेको छ।

असार १०, २०८१ मंगलबार १३:४६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।