राजश्व अनुसन्धानका महानिर्देशकको नम्बरबाट बिचौलियाले व्यापारीसँग पैसा माग्ने गरेको सांसद खतिवडाको दाबी

राजश्व अनुसन्धानका महानिर्देशकको नम्बरबाट बिचौलियाले व्यापारीसँग पैसा माग्ने गरेको सांसद खतिवडाको दाबी

काठमाडौं : कांग्रेस सांसद रामहरि खतिवडाले राजश्व अनुसन्धान विभागको महानिर्देशक नबनेर बिचौलियाले व्यापारीहरुबाट पैसा असुलिरहेको दाबी गरेका छन्।

मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद खतिवडाले राजश्व अनुसन्धान विभागका महानिर्देशकको मोबाइल नम्बरबाट बिदाको दिनमा व्यापारीहरूलाई फोन गरेर पैसा माग्ने गरेको बताएका हुन्।

‘राजश्व अनुसन्धान विभागको महानिर्देशकको नामबाट अर्को एक जना महानिर्देशक बनेर त्यहि फोनबाट व्यापारीहरूलाई बिदाको दिन फोन गरेर रकम उठाउने गरेको छ बिचौलियाले’, उनले भने।

उनले अगाडि भने, ‘मैले ३ करोड रुपैयाँ खर्च गरेर डीजी बनाएको हुँ भन्छ रे।  प्रधानमन्त्री अन्तर्गत पर्ने राजश्व अनुसन्धान।व्यापारी थर्काउन बिचौलिया प्रयोग गर्ने संस्थाका रुपमा विकास नगरियोस्।’

असार १०, २०८१ मंगलबार ११:४३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।