२०१५ देखिको संसदका गतिविधि पब्लिक डोमेनमा ल्याउन सांसद् बर्तौलाको माग

२०१५ देखिको संसदका गतिविधि पब्लिक डोमेनमा ल्याउन सांसद् बर्तौलाको माग

काठमाडौं : एमाले सांसद् महेश बर्तौलाले २०१५ देखिको संसदका समग्र गतिविधिलाई वेबसाइट मार्फत सबैले र सजिलै हेर्न सकिने गरी पब्लिक डोमेनमा ल्याउन माग गरेका छन्।

मंगलबार संसदको शून्य समयमा बोल्दै सांसद बर्तौैलाले राजपत्र, कानून पत्रिका, सर्वोच्च अदालतका फैसला, मन्त्रिपरिषद्का निर्णयहरू हेर्न सकिए पनि संसदको गतिविधि कहिँ कतै हेर्न नपाएको भन्दै त्यसलाई पब्लिक डोमेनमा ल्याउन माग गरे।

२०१५ देखिका संसदका गतिविधिहरू आन्तरिक रुपमा संग्रह गरेर राखिएको भए पनि त्यसलाई सामान्य जनताले पढ्न र हेर्न नपाएको भन्दै त्यसलाई पब्लिक डोमेनमा ल्याउनुपर्ने उनको माग छ। 

असार १०, २०८१ मंगलबार ११:२१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।