कोस्टारिकाले ब्राजिललाई गोलरहित बराबरीमा रोक्यो

कोस्टारिकाले ब्राजिललाई गोलरहित बराबरीमा रोक्यो

काठमाडौं : कोपा अमेरिका फुटबलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएको छ।

सोफि स्टेडियममा आज बिहान भएको खेलमा ब्राजिल कोस्टारिकासँग गोलरहित बराबरीमा रोकिएसँगै अंक बाँडेको छ।

अधिकांश समय कोस्टारिकालाई दबाबमा राखेको ब्राजिलले भने गोल गर्न सकेन।

७४ प्रतिशत बल पोजिसनमा राखेको ब्राजिलका स्टाइकर नेइमार बिनै मैदानमा उत्रिएको थियो।

यही समूहमा आज बिहान भएको खेलमा पाराग्वेलाई २-१ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

असार १०, २०८१ मंगलबार ०९:०८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।