अफगानिस्तानको बंगलादेशलाई दियो १ सय १६ रनको लक्ष्य

अफगानिस्तानको बंगलादेशलाई दियो १ सय १६ रनको लक्ष्य

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटमा अफगानिस्तानले बंगलादेश सामु १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

सेन्ट भिन्सेटमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले  निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन जोडेको हो।

सेमिफाइनल प्रवेशका लागि भैरहेको महत्वपूर्ण खेलमा अफगानिस्तानका लागि ओपनर रहमुतुल्लाह गुरबाजले सर्वाधिक ४३ रन बनाए। यस्तै, इब्राहिम जद्रानले १८, अजमतुल्लाह उमरजईले १० र करिम जन्नतले ७ रन बनाए।

बंगलादेशका रिशाद होसैनले सर्वाधिक ३ विकेट लिए। यस्तै, तस्किन अहमेद र मुस्ताफिर रहमानले एक÷एक विकेट लिए।

सेमिफाइनल प्रवेशका लागि आजको खेल दुवैका लागि महत्वपूर्ण रहेको छ।

बंगलादेशलाई हराउन सके अफगानिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ भने अफगानिस्तानलाई फराकिलो रन अन्तरले पराजित गरे बंगलादेशको समेत सेमिफाइनल पुग्ने सम्भावना छ।

असार १०, २०८१ मंगलबार ०८:२२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।