घरायसी विवादमा बाँसको मुङ्ग्रो प्रहार गरि बहिनीको हत्या, आरोपी दाइ पक्राउ
काठमाडौं : रौतहटमा आफ्नै बहिनीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
परोहा नगरपालिका–८ की २० वर्षीया तेतरी कुमारी रामको हत्या गरेको आरोपमा उनकै दाई नरकटिया टोल बस्ने २२ वर्षीय दीपन्द्र कुमार रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दीपन्द्र कुमारले घरायसी विवादको कारण रिस आवेगमा बाँसको मुङ्ग्रोले हान्दा गम्भीर घाइते भएकी तेतरीको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
उनीमाथि ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
असार १०, २०८१ सोमबार १७:५१:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।