दक्षिण अफ्रिकासँग तीन विकेटले हारेपछि प्रतियोगिताबाटै बाहरियो आयोजक वेस्ट इन्डिज

दक्षिण अफ्रिकासँग तीन विकेटले हारेपछि प्रतियोगिताबाटै बाहरियो आयोजक वेस्ट इन्डिज

काठमाडौं : आईसीसी टी२० क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकासँग तीन विकेटले पराजित भएसँगै आयोजक वेस्ट इन्डिज प्रतियोगिताबाट बाहिरिएको छ।

वर्षाले प्रभावित खेलमा वेस्ट इन्डिजले दिएको १३६ लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले २ ओभरमा दुई विकेट गुमाएर १५ रन बनाएपछि पानी परेको थियो।

पानी रोकिएपछि खेललाई १७ ओभरमा झारिएको थियो। यसरी झार्दा दक्षिण अफ्रिकाले १२३ रनको लक्ष्य पायो। लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकाले १६.१ ओभरमा सात विकेट गुमाएर भेट्टायो।

उसका लागि ट्रिस्टान स्टब्स २९, हेनरिच क्लासेन २२, एडेन मारक्रम १८, क्विन्टन डिकक १२ रनमा आउट हुँदा मार्को जनसेन २१ रन बनाएर नटआउट रहे।

दक्षिण अफ्रिकाका रस्टन चेजले तीन विकेट लिँदा आन्द्रे रसल र अल्जारी जोसेफले समान दुई–दुई विकेट हात पारे।

एन्टिगुवाको सर भिभिएन रिचार्ड स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रन जोड्यो।

उसका लागि रस्टन चेजले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५२ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक ३४ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३५ रन बनाए।

आन्द्रे रसलले १५ रनमा आउट हुँदा अल्जारी जोसेफले ११ रनको नटआउट पारी खेले।

दक्षिण अफ्रिाका तब्राइज साम्सीले तीन, मार्को जसेन, एडेन मारक्रम, केशव महराज, कागिसो रबाडाले समान एक–एक विकेट लिए।

योसँगै समूह २ बाट सेमिफाइनलमा दक्षिण अफ्रिका र इंग्ल्यान्ड खेल्ने भएका छन्। यही समूहमा रहेका दुवै आयोजक राष्ट्र अमेरिका र वेस्ट इन्डिज भने प्रतियोगिताबाट बाहिरिएको छ।

असार ९, २०८१ सोमबार १२:००:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।