रफाहमा भइरहेको लडाइँ अन्तिम चरणमा छ : इजरायली प्रधानमन्त्री नेतन्याहु

रफाहमा भइरहेको लडाइँ अन्तिम चरणमा छ : इजरायली प्रधानमन्त्री नेतन्याहु

एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दक्षिणी गाजाको रफाहमा भइरहेको लडाइँ अन्तिम चरणमा भएको बताएका छन्।

उनले रफाहमा भइरेको भयङ्कर लडाइँ लगभग समाप्त हुन लागेको बताएका छन्। यद्यपि उनले हमासलाई सत्ताबाट नहटाएसम्म युद्ध जारी रहने बताए।

हिजबुल्लाहबाट बढ्दो आक्रमणको बीच नेतान्याहुले छिट्टै लेबनानी सीमामा आफ्नो सेना पठाउन सक्षम रहेको बताए।

नेतन्याहुले हमासको स्थानमा वेस्ट बैंकमा रहेको प्यालेस्टिनी प्राधिकरणलाई गाजामा प्रशासन सञ्चालन गर्न दिने विचारलाई फेरि अस्वीकार गरे।

रफाहका स्थानीयले इजरायली सेनाको आक्रमण बढेको र हमासको स्वास्थ्य मन्त्रालयको आपतकालीन सेवाका निर्देशक पनि इजरायली हवाई आक्रमणमा मारिएको बताएका छन्।

आक्रमणबाट राहत सामग्री वितरण केन्द्रमा समेत क्षति पुगेको छ। इजरायली सेनाका अनुसार हमासले राहत सामग्री वितरण केन्द्रलाई आफ्नो सेल्टरको रूपमा प्रयोग गरिरहेकाले आक्रमण गरिएको हो।

असार ९, २०८१ सोमबार ११:२८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।