साउदी अरेबियाको हज यात्रामा मारिनेको संख्या १३ सय पुग्यो, सरकारले बतायो कारण

साउदी अरेबियाको हज यात्रामा मारिनेको संख्या १३ सय पुग्यो, सरकारले बतायो कारण

एजेन्सी : साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ। साउदी प्रशासनका अनुसार हजका क्रममा १३०१ तीर्थयात्रीले ज्यान गुमाएका छन्।

साउदी प्रशासनले चर्को गर्मी र अवैध यात्राका कारण हजयात्रीको मृत्यु भएको जनाएको छ। गर्मीले कीर्तिमान तोडिरहेको र तापक्रम ५२ डिग्री सेल्सियस नजिक पुगेको बेला वर्षको हजयात्रा भइरहेको छ।

साउदी अरेबियाको आधिकारिक समाचार एजेन्सीका अनुसार मृत्यु भएका पाँच तीर्थयात्रीहरूमध्ये चारसँग वैध अनुमति थिएन। उनीहरू प्रचण्ड गर्मीमा आश्रयविना हिँडिरहेको तथा केही वृद्ध र बिरामी भएको समाचारमा उल्लेख छ।

साउदी अरेबियाका स्वास्थ्य मन्त्री फहद अल-जलाजेलले यात्रुहरूलाई अत्यधिक गर्मीको खतरा र यसबाट कसरी बच्ने भन्ने बारे सचेतना जगाउने प्रयास भइरहेको बताए।

स्वास्थ्य केन्द्रमा उपचार गरिएका करिब पाँच लाख मानिसमध्ये १ लाख ४० हजार विना अनुमति हज यात्रामा निस्किएको मन्त्री फहदको भनाइ छ।

हजयात्राका क्रममा अनुमति विना आउने मानिसहरूलाई सुविधा नदिएको र लगातार यात्रुको मृत्यु भएपछि साउदी अरेबिया सरकारको चर्को आलोचना भइरहेको छ।

हज यात्रामा मारिनेमा सबैभन्दा बढी इजिप्ट ६५८ जना छन्।

असार ९, २०८१ सोमबार ११:१५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।