सात सय १५ स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

सात सय १५ स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै

काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले सोमबार बजेट सार्वजनिक गर्दैछन्।

७ सय ५३ पालिका मध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले आज बजेट सार्वजनिक गर्न लागेका हुन्।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजस्व र व्यय (बजेट)को अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेश गर्नुपर्छ।

सोही व्यवस्था अनुसार आइतबार सम्म बजेट नल्याएका सबै स्थानीय निकायले आज आफ्नो एक वर्षे आय व्यवको विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हिजोसम्म ३८ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन्। कोशीका दुई, मधेशका ६, बागमतीका ६, गण्डकीका १४ लुम्बिनीका ३, सुदूरपश्चिमका तीन तथा कर्णालीका एक स्थानीय बजेट पेश गरिसकेका छन्।

आज बाँकी सात सय १५ स्थानीय तहले बजेट पेस गर्नुपर्ने हुन्छ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानूनी व्यवस्था छ।

असार ९, २०८१ सोमबार ०८:४२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।