वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको लक्ष्य

वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दियो १३६ रनको लक्ष्य

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई १३६ रनको लक्ष्य दिएको छ।

एन्टिगुवाको सर भिभिएन रिचार्ड स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३५ रन जोड्यो।

उसका लागि रस्टन चेजले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५२ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक ३४ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३५ रन बनाए।

आन्द्रे रसलले १५ रनमा आउट हुँदा अल्जारी जोसेफले ११ रनको नटआउट पारी खेले।

दक्षिण अफ्रिाका तब्राइज साम्सीले तीन, मार्को जसेन, एडेन मारक्रम, केशव महराज, कागिसो रबाडाले समान एक–एक विकेट लिए।

दक्षिण अफ्रिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

असार ९, २०८१ सोमबार ०८:०६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।