अमेरिकालाई १० विकेटले हराउँदै सेमिफाइनलमा इंग्ल्याण्ड

अमेरिकालाई १० विकेटले हराउँदै सेमिफाइनलमा इंग्ल्याण्ड

काठमाडौँ : ९.४ ओभरमा १० विकेटले अमेरिकालाई हराउँदै इंग्ल्याण्ड टी-२० विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ।

जास बट्लर, क्रिस जार्डन र स्पिनर आदिल रसिदका अगाडि अमेरिकी टिम टिक्न सकेन।

टस जितेको इंग्ल्यान्डले बलिङ रोज्दै अमेरिकालाई पुरै ओभर समेत खेल्न नदिई ११५ रनमा रोक्यो। इंग्ल्याण्डले एक विकेट पनि गुमाएन, पूरा ओभर नि नखेली सहजै टार्गेट पूरा गर्यो।

समूह २ बाट सेमिफाइनलमा जाने पहिलो टिम चयन भयो। पाकिस्तानलाई हराउन सफल अमेरिकाको यात्रा टुङ्गियो। अब वेस्ट इन्डिज र साउथ अफ्रिकाको खेलले सेमिफाइनल पुग्ने टिम टुङ्गो लगाउने छ।

असार ८, २०८१ आइतबार २३:१७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।