सिजी मोबाइलले नेपालमा ल्यायो नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड

सिजी मोबाइलले नेपालमा ल्यायो नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड

काठमाडौं : नेपाली बजारमा नथिङ ब्रान्डका स्मार्टवाच र इयरबड सार्वजनिक भएका छन्। नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले ‘बड्स प्रो  इयरबड र ‘वाच प्रो’ स्मार्टवाच सार्वजनिक गरेको हो। 

सार्वजनिक भएको विशेष अवसरमा कम्पनीले दुबै उत्पादनमा ५०० रुपैयाँ छुट दिएको छ। वाच प्रोको बजार मूल्य ११ हजार ९९९ रहेकोमा ग्राहकले ११ हजार ४९९ रुपैयाँमै खरिद गर्न सक्नेछन्। त्यस्तै, आठ हजार ९९९ बजार मूल्य रहेको बड्स प्रो इयरबड आठ हजार ४९९ रुपैयाँमा खरिद गर्न सकिने बताइएको छ। 

कस्तो छ वाच प्रो ?
१.९६ इन्च एमोलेड डिस्प्ले रहेको यो स्मार्टवाचको रेजोलुसन ४१०*५०२ पिक्सेल रहेको छ। यसमा ६०० निट्स ब्राइटनेस पाउन सकिन्छ भने ५८ एफपीएसको रिफ्रेश रेट रहेको छ। 

ब्लुटुथ कलिङ सुविधा भएको यो स्मार्टवाचमा एआई न्वाइज रिडक्टसन फिचर दिइएको छ। ब्लुटुथ कल मात्र गर्ने हो भने यसको ब्याट्री १८ घण्टासम्म टिक्ने कम्पनीको दाबी छ। ३४० एमएएच क्षमताको ब्याट्री भएको यो स्मार्टवाच सामान्य प्रयोगमा १३ दिनसम्म टिक्ने बताइएको छ। 

यसमा भ्वाइस असिस्टेन्ट, माइक्रोफोन र स्पिकर पनि समावेश छ। यो स्मार्टवाचमा स्याटलाइट पोजिसनिङ सिस्टम जीपीएस पनि दिइएको छ। 

स्लिप, स्ट्रेस र एसपीओटु समेत मनिटर गर्न सक्ने यो स्मार्टवाचमा ११० ओटा स्पोर्ट्स मोडहरू रहेका छन्। 

कस्टम डिजाइन राख्न सकिने यो स्मार्टवाचले आईपी ६८ वाटर रेसिस्टेन्स रेटिङ पाएको छ। अलवेज अन डिस्प्लेको सुविधा रहेको यो स्मार्टवाचमा हेल्थ मनिटरिङ सिस्टम पनि छ। त्यस्तै, यसमा मौसम पूर्वानुमान, फाइन्ड माई डिभाइस, फाइन्ड माई वाच, क्यामेरा कन्ट्रोल, फ्ल्याश लाइट, फोन म्युजिक कन्ट्रोल लगायतका फिचर पाउन सकिने कम्पनीले जनाएको छ। 

सीएमएफ बड्स प्रो
यस इयरबडमा ४५ डेसिबलको हाइब्रिड एक्टिभ न्वाइज क्यान्सिलेसन र विन्ड न्वाइज रिडक्सनको सुविधा छ। इयरबडमा टच कन्ट्रोल सेन्सर पनि छ। यसबाट कल उठाउन, काट्न र म्युजिक फर्वार्ड गर्न सकिन्छ। 

अल्ट्रा बेस प्रविधि राखिएको यो इयरबड्स १० मिनेट चार्ज गर्दा पाँच घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ। एक पटकको फुल चार्जमा यसलाई ३९ घण्टा प्रयोग गर्न सकिने बताइएको छ। 

स्पष्ट आवाजका लागि यसमा छ ओटा एचडी माइक र क्लियर भ्वाइस प्रविधि राखिएको छ। ब्लुटुथ ५.३ भर्सनमा आधारित यो इयरबडले आईपी ५४ रेटिङ पाएको छ। 

च्याटजीपीटी समेत समावेश रहेको सीएमएफ बड्स प्रोमा एआईसँग कुरा गर्न र एआईले भनेका कुरा सुन्न सकिन्छ। गुगल फास्ट पेयर, माइक्रोसफ्ट स्विफ्ट पेयर र इन-इयर डिटेक्सनको विशेष सुविधा पनि यसमा पाउन सकिन्छ। यो इयरबड प्रयोग गर्न नथिङ एक्स एप इन्स्टल गर्नुपर्ने जनाइएको छ। 

असार ८, २०८१ आइतबार ११:०४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।