अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले हरायो

काठमाडौँ : टी-२० वर्ल्ड कपको सुपर एटको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई हराएको छ। अफगानिस्तानसँग अस्ट्रेलिया २१ रनले पराजित भएको हो।

अफगानिस्तानले अस्ट्रेलियालाई १ सय ४८ रनको चुनौती दिएको थियो। तर १ सय २७ मा अल आउट भयो। अफगानिस्तानले अस्ट्रेलियालाई पहिलो पटक हराएको हो। 

अफगानिस्तानको जितपछि समूह १ बाट सेमिफाइनल पुग्ने टिमको दौड थप रोचक बन्यो। यस अगाडि भारतले २ खेल जितेर ४ अंक पाइसकेको छ। एक-एक खेल जितेर अफगानिस्तान र अष्ट्रेलियाले समान २ अंक पाएका छन्। जितहिन बंगलादेश अंकविहिन छ।

अब  सुपर एटको समूज चरणमा भारतले अष्ट्रेलियाको सामना गर्नेछ। अफगानिस्तानले बंगलादेशको सामना गर्नेछ। अफगानिस्तानले बंगलादेशलाई हराएमा र भारतले अष्ट्रेलिया हराएमा सेमिफाइनलमा भारत र अफगानिस्तान जाने छ। भारत हारेर अफगानिस्तानले जितेमा तीनै टोलीको रनरेट निर्णायक हुनेछ।

असार ८, २०८१ आइतबार १०:०५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।