युरोकप फुटबल-२०२४ : टर्कीलाई हराउँदै पोर्चुगल नकआउट प्रवेश

युरोकप फुटबल-२०२४ : टर्कीलाई हराउँदै पोर्चुगल नकआउट प्रवेश

एजेन्सी : युरोकप फुटबल-२०२४ अन्तर्गत पोर्चुगल नकआउट प्रवेश गरेको छ। शनिबार राति भएको खेलमा पोर्चुगलले टर्कीलाई ३-० गोलले हराएको छ।

खेल सुरू भएको २१ औँ मिनेटमै पोर्चुगलका लागि पहिलो गोल मिडफिल्डर बेनार्डो सिल्भाले गरेका थिए। 

खेलको २८ औं मिनेटमा टर्कीका डिफेन्डर सामेत अकायदिनबाट आत्मघाती गोल गरेपछि पोर्चुगलले २-० को अग्रता लिएको थियो।

त्यसपछि ५५ औँ मिनेटमा मिडफिल्डर ब्रुनो फर्नान्डेजले गोल गर्दा पोर्चुगललाई ३-० को सहज जित दिलाए।

पोर्चुगलले दुई खेलबाट ६ अंक बटुल्दै नकआउटमा प्रवेश गरेको छ। दुई खेल खेलेको टर्की भने तीन अंकसहित दोस्रो स्थानमा छ।

दुई/दुई खेल खेलेका चेक गणतन्त्र र जर्जिया भने एक/एक अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्। 

असार ८, २०८१ आइतबार ०८:५२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।