जाजरकोटमा खोलामा माछा मारिरहेको बेला आएको बाढीले बगाउँदा एक शिक्षकको मृत्यु

जाजरकोटमा खोलामा माछा मारिरहेको बेला आएको बाढीले बगाउँदा एक शिक्षकको मृत्यु

काठमाडौं : जाजरकोटको कुशे गाउँपालिकास्थित खोलामा माछा मार्न गएका एक जनाको मृत्यु भएको छ। भारी वर्षापछि खोलामा बाढी आएका कारण अन्य ६ जना घाइते भएका छन्। 

शनिबार राति खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिइन्। रोकाय सोही पालिकाको मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक थिए।

बाढीमा परी राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, गोविन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएका थिए। 

उपाध्यक्ष सिंहका अनुसार ६ जना घाइतेको उद्धार भइसकेको छ।  

असार ८, २०८१ आइतबार ०७:५४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।