विद्यार्थीको मानसिक स्वास्थ्यमा असर देखिएपछि अमेरिकामा विद्यालयमा फोन प्रतिबन्धको बहस चर्कियो

विद्यार्थीको मानसिक स्वास्थ्यमा असर देखिएपछि अमेरिकामा विद्यालयमा फोन प्रतिबन्धको बहस चर्कियो

एजेन्सी : माध्यमिक विद्यालयकी शिक्षिका नान्सी स्ट्रेइटले बच्चाको ध्यान स्मार्टफोनसँग प्रतिस्पर्धा गर्न कति कठिन हुन सक्छ भन्ने बुझ्छिन्।

तर एक आमाको रूपमा, आपत्कालीन अवस्थामा यी उपकरणहरू आवश्यक छन् भन्ने उनी जानकार छिन्। उनले आफ्नो कक्षामा फोन प्रयोग गर्न अनुमति नदिए पनि, विद्यार्थीहरूले नियमित रूपमा नियमहरू उल्लङ्घन गर्छन्।

स्ट्रेइटले पढाउने लस अन्जेलस स्कुल विद्यालयहरूमा स्मार्टफोन प्रयोगमा प्रतिबन्ध लगाउने जिल्ला बनेको छ।

अमेरिकाभरका थप राज्य र विद्यालयहरूले बालबालिकाहरूको आफ्ना उपकरणहरूमाथिको बढ्दो निर्भरतालाई कसरी व्यवस्थापन गर्ने भनेर योजना बनाइरहेको बेलामा लस अन्जेलसको विद्यालयले यस्तो निर्णय गरेको हो।

न्यूयोर्क र क्यालिफोर्निया, अमेरिकाका दुई सबैभन्दा धेरै जनसंख्या भएका राज्यहरूले यो मुद्दामा नयाँ नीतिको परीक्षण गरिरहेका छन्।

यस हप्ताको सुरुवातमा, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले कक्षाकोठाहरूमा स्मार्टफोनमाथि प्रतिबन्ध लगाउन आह्वान गरे र उनले नीतिमा विधायकहरूसँग काम गर्ने बताए।

न्यूयोर्कमा, गभर्नर क्याथी होचुलले यस्तै कानुनको पक्षमा वकालत गरेकी छिन्। इन्डियानाका गभर्नरले शरद ऋतुमा सुरु हुने कक्षाकोठा प्रतिबन्धलाई कानुनमा हस्ताक्षर गरेका छन्।

यी प्रयासहरूले विद्यालयहरूमा स्मार्टफोन प्रयोगलाई नियन्त्रण गर्ने बहस कार्यान्वयनमा आउन थालेको छ। यसलाई महामारी पछि युवा मानसिक स्वास्थ्य बारे चिन्तापछिको निर्णयको रूपमा हेरिएको छ।

धेरैजसो अमेरिकी विद्यालयहरूसँग पहिले नै कुनै न कुनै प्रकारको फोन नीति छ। अमेरिकी शिक्षा विभागका अनुसार, २०२१-२०२२ शैक्षिक वर्षमा लगभग ७६% विद्यालयहरूले गैर-शैक्षिक गतिविधिमा मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाएका थिए।

 

लस एन्जलसको एक विद्यालयकी कक्षा ६ की शिक्षिका राफाएला होज्जेसले बालबालिकाहरूले कसरी सामाजिकीकरण गर्छन् भन्नेमा नाटकीय परिवर्तन देखेको बताइन्।

'जब उनीहरू असहज हुन्छन्, उनीहरूले फोन उठाउँछन्,' उनले भनिन्।

फ्लोरिडाले गत वर्ष कक्षाकोठामा मोबाइल प्रतिबन्ध गर्ने र स्कुलको वाई-फाईमा सामाजिक सञ्जाल रोक्ने कानुन लागू गरेको थियो।

मेन र भर्जिनिया लगायतका राज्यहरूले मोबाइल प्रयोगबारे कडा नियमहरू लागू गरिरहेका छन्। क्यानडाका अन् टारियो र अल्बर्टा प्रान्तहरूले पनि यस्तै गरिरहेका छन्।

विद्यालयहरूमा मोबाइल प्रतिबन्धबारे लामो समयदेखि बहस जारी छ। यसमा थोरै सहमति र धेरै विवाद कायम छ।

अमेरिकाले १९८० को दशकदेखि नै कक्षाकोठाहरूबाट सञ्चार उपकरणहरू प्रतिबन्ध गर्ने धेरै प्रयास गरेको थियो।

प्रारम्भमा मोबाइले विद्यार्थीहरूको ध्यान भङ्ग हुने र लागूपदार्थ व्यापारसँग सम्बन्ध हुने डर मानेका थिए।

तर कोलोराडोको कोलम्बाइन हाई स्कुलमा १९९९ मा भएको गोलीकाण्ड, जसमा १३ जनाको मृत्यु भएको थियो, ले केही अभिभावकहरू र विद्यालयहरूलाई आपत्कालीन अवस्थाको लागि प्रमुख सञ्चार उपकरणको रूपमा मोबाइलको पुनर्मूल्यांकन गर्न प्रेरित गर्यो।

अनि राज्यहरूले नियमहरू खुकुलो पारे। क्यालिफोर्नियासहितका केही राज्यले सन् २००२ मा मोबाइलमाथिको प्रतिबन्ध हटायो।

तर पछि मोबाइलका कारण विध्यार्थीहरुको ध्यान भङ्ग भएको, साइवर बुलिङको सहयोगी र विद्यार्थीहरूलाई गृहकार्यमा छल्ने माध्यम बनेको देखेपछि पुनः बहस सुरु भयो।

कुल १० लाखभन्दा बढी विद्यार्थीहरू भएको न्यूयोर्क शहरले कडा प्रतिबन्ध लागू गर्न थाल्यो। तर २०१५ मा नीतिहरू उल्टायो।

सामाजिक सञ्जालको प्रयोग र विद्यार्थी मानसिक स्वास्थ्य

विशेषज्ञहरूले विद्यार्थी मानसिक स्वास्थ्य र सामाजिक सञ्जालको प्रयोगबारे चिन्ता व्यक्त गर्न थालेपछि अहिले पुन विभिन्न राज्यहरूमा यसबारे बहस सुरु भएको छ।

अमेरिकाका सबैभन्दा वरिष्ठ स्वास्थ्य अधिकारीहरूमध्ये एकले सामाजिक सञ्जाल प्लेटफर्महरूमा चुरोटका बट्टाहरूमा जस्तै चेतावनी सन्देशहरू राख्न आह्वान गरेका थिए।

सर्जन जनरल विवेक मूर्तिले सामाजिक सञ्जालले बालबालिकाहरूले चिन्ता र अवसादका लक्षणहरू अनुभव गर्ने जोखिम बढाउने तर्क गरे।

'तपाईँसँग एउटा परिस्थिति छ जहाँ बालबालिकाहरूले सिक्न मात्र प्रयास गरिरहेका छैनन्, उनीहरू एकैसाथ आफ्ना मोबाइलहरूमा ब्यस्त छन्, आफ्ना साथीहरूलाई सन्देश पठाइरहेका छन्, सामाजिक सञ्जालमा सन्देशहरूको जवाफ दिइरहेका छन्,  आफ्ना फिडहरू स्क्रोल गरिरहेका छन्,' डा. मूर्तिले भने।

सन् २०१९ मा प्रकाशित एक अध्ययनले दिनमा तीन घण्टाभन्दा बढी सामाजिक सञ्जालमा समय बिताउने किशोर-किशोरीहरूमा चिन्ता र अवसाद जस्ता मानसिक स्वास्थ्य समस्याहरूको जोखिम दोब्बर हुने देखायो। यसले समेत अमेरिकामा विद्यालयहरूमा मोबाइलको प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने विषयमा बहस भइरहेको छ।

असार ७, २०८१ शनिबार १२:५९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।