दीपेन्द्रसिंह ऐरीले आईलिग टी२० मा गल्फ जाउन्ट्सबाट खेल्ने

दीपेन्द्रसिंह ऐरीले आईलिग टी२० मा गल्फ जाउन्ट्सबाट खेल्ने

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी तेस्रो संस्करणको इन्टरनेशनल लिग टी२० क्रिकेटमा सहभागी हुने भएका छन्।

११ जनवरी २०२५ बाट सुरु हुने प्रतियोगिताका लागि ऐरी गल्फ जायन्ट्समा आवद्ध भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

ऐरी यसअघि पनि आईलिगको गल्फ जायन्ट्समा आवद्ध भएका थिए। तर, उनले खेल्ने मौका भने पाएका थिएनन्। यसपटक उनलाई टोलीले रिटेन गरेको हो।

इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा पछिल्लो तीन वर्षदेखि युुएईमा इन्टरनेशनल लिग टी२० भइरहेको छ।

२०२३ मा भएको आईलिग गल्फ जायन्ट्सले जितेको थियो भने एमआई इमिरेट्सले २०२४ को उपाधि जितेको थियो।

असार ७, २०८१ शनिबार १२:०८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।