भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षक बन्न लागेको विषयमा बोले गौतम गम्भीर

भारतीय क्रिकेट टीमको मुख्य प्रशिक्षक बन्न लागेको विषयमा बोले गौतम गम्भीर

एजेन्सी : कोलकातामा भएको एक कार्यक्रममा गौतम गम्भीरले भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्न लागेको विषयमा बोलेका छन्।

मुख्य प्रशिक्षक बन्न लागेको विषयमा गरिएको प्रश्नमा उनले भने, ‘मैले धेरै अगाडि सोचेको छैन। अहिले यसको जवाफ दिन गाह्रो छ।’

उनले थपे, ‘अहिलेका लागि म यहाँ खुसी छु मात्र भन्न सक्छु। मैले भर्खर केकेआरसँग आईपीएल यात्रा पूरा गरेँ। हामी तेस्रो पटक च्याम्पियन बन्यौँ।’

उनले अगाडि भने, ‘जे हुन्छ भविष्यमा हुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि म अहिले धेरै खुसी ठाउँमा छु।’

भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक राहुल द्रविडको कार्यकाल जुनमा सकिँदैछ। त्यसैले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) नयाँ प्रशिक्षकको खोजीमा छ।

मुख्य प्रशिक्षकमा उनको नाम लगभग पक्का भइसकेको भारतीय मिडियाहरूमा समाचार आइरहेका छन्।

असार ७, २०८१ शनिबार १०:४५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।