विश्वकपमा वेस्ट इन्डिजद्वारा अमेरिका नौ विकेटले पराजित

विश्वकपमा वेस्ट इन्डिजद्वारा अमेरिका नौ विकेटले पराजित

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ।

१२९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १०.५ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि साइ होप र निकोलस पुरनले अविजित रहँदै क्रमशः ८२ र २७ रन जोडे। जोनसन चार्ल्स १५ रनमा आउट भए।

अमेरिकाका हरमित सिंहले एक विकेट लिए।

त्यसअघि बार्बाडोसमा टस हारेर पहिला ब्याटिङमा तानिएको अमेरिकाले १९.५ ओभरमा अलआउट हुँदै १२८ रन बनायो।

उसका लागि एन्ड्रिज गौसले सर्वाधिक २९ रन बनाए। नितिश कुमार २०, मिलिन्ड कुमार १९, सेड्ली भान स्कलह्वाइक १८ रनमा आउट हुँदा अली खान १४ रन नटआउट रहे।

बलिङमा अमेरिकाका रस्टन चेज र एन्ड्रे रसलले समान तीन–तीन विकेट लिँदा अल्जारी जोसेफले दुई र गुडाकेश मोटीले एक विकेट लिए।

जितसँगै वेस्ट इन्डिजले दुई खेलबाट दुई अंक जोड्दै दोस्रो स्थानमा छ। अमेरिका भने दुई खेलमा दुईमा हारसहित अंकविहीन छ।
 

असार ७, २०८१ शनिबार १०:०५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।