राष्ट्रिय टिमका कप्तान रोहितसहित सन्दीप र दीपेन्द्रले जीटी२० क्यानडा खेल्दै

राष्ट्रिय टिमका कप्तान रोहितसहित सन्दीप र दीपेन्द्रले जीटी२० क्यानडा खेल्दै

काठमाडौं : २५ जुलाइदेखि सुरु हुने ‘जीटी२० क्यानडा’को चौथो संस्करणमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडी सहभागी हुने भएका छन्।

नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसँगै सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी प्रतियोगितामा सहभागी हुन लागेका हुन्।

कप्तान पौडेल जीटी२० क्यानडाको टोरन्टो नेशनलसँग जोडिँदा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी भ्यानकुभर नाइट्समा आबद्ध भएका छन्।

सन्दीप र दीपेन्द्रले गत वर्षको जीटी२० क्याडान खेलिसकेका छन् भने कप्तान रोहितले पहिलो पटक विदेशी लिग खेल्दैछन्।

असार ७, २०८१ शनिबार ०९:४१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।