दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई सात रनले पराजित

दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई सात रनले पराजित

काठमाडौं : आईसीसी टी२० विश्वकप क्रिकेटमा शुक्रबारको खेलमा दक्षिण अफ्रिाकाले इंग्ल्यान्डलाई सात रनले पराजित गरेको छ।

१६४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो। उसका लागि ह्यारी ब्रुकले ५३ रनको अर्धशतकीय पारी खेले।

त्यसबाहेक लियम लिभिङस्टोन ३३, जोस बटलर १७, जोजी बेयरिस्टो १६, फिल साल्ट ११, मोइन अली ९ रनमा आउट हुँदा साम करण १० र जोफ्रा आर्चर १ रन बनाएर नटआउट रहे।

दक्षिण अफ्रिकाका कागिसो रबाडा र केशव महाराजले दुई-दुई विकेट लिँदा एनरिच नोर्टजे र ओटनेल बार्टम्यानले समान एक-एक विकेट लिए।

त्यसअघि सेन्ट लुसियाको डरेन सामी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रन बनायो।

उसका लागि क्विन्टन डिककले ६५ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक डेबिड मिलर ४३, रिजा हेन्ड्रिक्स १९ आउट हुँदा ट्रिस्टान स्टब्स १२ रनमा अविजित रहे।

इंग्ल्यान्डका जोफ्रा आर्चरले तीन, अदिल रसिद र मोइन अलीले समान एक-एक विकेट लिए।

जितसँगै दक्षिण अफ्रिका दुई खेलबाट चार अंकसहित समूह २ को शीर्ष स्थानमा छ।

असार ७, २०८१ शनिबार ०७:३१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।