मेलमिलापबाट यौन दुर्व्यवहारको मुद्दा टुङ्गाएका प्रधानबारे संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

मेलमिलापबाट यौन दुर्व्यवहारको मुद्दा टुङ्गाएका प्रधानबारे संसदीय सुनुवाइ समितिले माग्यो उजुरी

काठमाडौँ : यौन दुर्व्यवहारको मुद्दा मिलेमतोमा टुङ्ग्याएका निर्वाचन आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानबारे संसदीय सुनुवाइ समितिले उजुरी मागेको छ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकले आयुक्तका लागि प्रस्तावित प्रधानउपर कुनै उजुरी वा सूचना भए १० दिने उजुरी आह्वानको निर्णय गरेको हो। 

प्रधानलाई संवैधानिक परिषद्को असार २ को बैठकले निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो। आयुक्तमा प्रस्तावित व्यक्तिबारे कुनै उजुरी वा सूचना भएमा समिति समक्ष दिन उजुरी आह्वान गर्न समितिको सचिवालयलाई निर्देशन दिने निर्णय गरिएको हो।

नेपाल कानुन समाजका कार्यकारी निर्देशक रहँदा एक महिलालाई जागिरको प्रलोभनमा पारेर यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो।

सो मुद्दा सुनुवाइबाट नटुङ्गिई मेलमिलापमा गएर टुङ्गिएको थियो। कानुनी रूपमा यही मुद्दाको आधारमा प्रधान अयोग्य नभए पनि संवैधानिक परिषद्ले उच्च नैतिक चरित्रको आधारमा प्रधानको सिफारिस गरेको तर उनले यौन दुर्व्यवहार जस्तो गम्भीर आरोप अदालतबाट सुनुवाइको प्रक्रियाबाट टुङ्ग्याउनुको सट्टा सहमति गरेर टुङ्ग्याएकाले नैतिक प्रश्न भने कायमै छ। 

सम्बन्धित समाचार

असार ६, २०८१ शुक्रबार १४:३३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।