कांग्रेस संसदीय दलका नेता बोलेपछि लुम्बिनी प्रदेश सभा अवरुद्ध

कांग्रेस संसदीय दलका नेता बोलेपछि लुम्बिनी प्रदेश सभा अवरुद्ध

दाङ : नेपाली कांग्रेसले जनतामैत्री र संघीयता विरोधी बजेट ल्याएको भन्दै लुम्बिनी प्रदेश सरकारको बैठक अवरुद्ध गरेको छ।

शुक्रबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले आफनो धारणा राखिसकेपछि कांग्रेसले सदन अवरुद्ध गरेको हो।

दल नेता बोलिसकेपछि कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरू बसिरहेको स्थानबाट उठेर विरोध जनाएका हुन्।

संसदमा सम्बोधन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता तथा विपक्षी दलका नेता तथा डिल्लीबहादुर चौधरीले सरकारले कृषिमा कर लगाएको, कृषिलाई प्राथमिकतामा राखेको भनेर चालु वर्ष भन्दा ५७ करोड रुपैयाँ बजेट घटाएको, किसानमैत्री बजेट नल्याएको बताए।

उनले सरकार किसानको विरोधी भएको टिप्पणी समेत गरे।

‘आम जनतालाई मल विउ पुर्याउन नसक्ने तर औचित्यहीन क्षेत्रमा पैसाको खोलो बगाउने यो कस्तो प्राथामिकता हो’, उनले प्रश्न गरे।

उनले पर्यटन क्षेत्रलाई समेत धरापमा पारेको बताए।

‘स्थानीय जनजातीहरुले आयआर्जनका लागि मदिराको नीति विगतको सरकारले लिएका थियो त्यो अहिले काटेर अर्को क्षेत्रमा राखियो। के यो सरकार जनजाती विरोधी हो। यो सरकार गरिखाने वर्गहरूको लागि बनेको सरकार हैन? यो त महिला, गरिखाने वर्ग, युवाहरुको विरोधी सरकार भयो। नाराले मात्रै हैन, पैसा र काम गरौ अनि मात्रै नारा सफल हुन्छ’, उनले भने।

असार ६, २०८१ शुक्रबार १४:२५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।