राष्ट्रपति चुनाव अभियानका लागि ट्रम्पलाई एकै व्यक्तिले दिए पाँच करोड चन्दा

राष्ट्रपति चुनाव अभियानका लागि ट्रम्पलाई एकै व्यक्तिले दिए पाँच करोड चन्दा

एजेन्सी : डोनाल्ड ट्रम्पको राष्ट्रपति चुनाव अभियानका लागि एकै व्यक्तिले ५ करोड अमेरिकी डलर चन्दा दिएका छन्। उक्त चन्दा अर्बपति टिमोथी मेलनले एक्लैले दिएका हुन्।

ट्रम्पको लागि काम गर्ने ‘एमएजीए इंक’ नामक सुपर प्याक कोषले संघीय निर्वाचन आयोगलाई गत महिना मानिसहरूबाट छ करोड ८० लाख डलरभन्दा बढी चन्दा लिएको बताएको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार पिट्सबर्गस्थित मेलोन बैंकिङ परिवारका उत्तराधिकारी टिमोथी मेलनले ट्रम्पलाई ५ करोड डलर चन्दा दिएका हुन्।

अर्बपति लिज र डिक उइलेनले एक करोड डलर दिएका छन्। अमेरिकी मिडियाका अनुसार न्युयोर्क हश मनी केसमा ट्रम्पलाई दोषी ठहर गरेको एक दिनपछि मेलनले यो चन्दा पठाएका हुन्।

मेलनले राष्ट्रपति पदका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी जूनियरलाई पनि अधिकतम २ करोड डलर चन्दा दिएको समाचारमा उल्लेख छ।

मेलोनले दिएको चन्दाको सहयोगमा पछिल्ला केही हप्ताहरूमा ट्रम्पको टोलीले चुनावी अभियानमा राष्ट्रपति बिडेनभन्दा बढी खर्च गरेको छ।

असार ६, २०८१ शुक्रबार ०९:४३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।