कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाको विजयी सुरुवात, क्यानडा २-० गोलले पराजित

कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाको विजयी सुरुवात, क्यानडा २-० गोलले पराजित

काठमाडौं : कोपा अमेरिकाको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ।

क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै समूह ‘ए’मा रहेको अर्जेन्टिनाले विजयी सुरुवात गरेको हो।

पहिलो हाफ गोलरहित बराबर भएको खेलमा दुवै गोल दोस्रो हाफमा भयो। अर्जेन्टिनाका लागि खेलको ४९औं मिनेटमा जुलियन अल्भारेज र ८८औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे।

खेलमा अधिकांश समय अर्जेन्टिना हावी भएको थियो। उसले ६५ प्रतिशत पोसेसन राख्दा क्यानडा मात्र ३५ प्रतिशतमा खुम्चिएको थियो।

अर्जेन्टिना रहेको समूहमा क्यानडासँगै पेरु र चिली रहेका छन्। सन् १९१६ बाट सुर भएको यो प्रतियोगिताको उपाधि अहिलेसम्म सबैभन्दा धेरै पटक अर्जेन्टिनाले १५ पटक जितेको छ।

असार ६, २०८१ शुक्रबार ०८:४७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।