उपहार गोलका कारण डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसँग पराजित

उपहार गोलका कारण डिफेन्डिङ च्याम्पियन इटाली स्पेनसँग पराजित

काठमाडौं : युरोकपको समूह चरणमा डिफेन्डिङ च्याम्पियन इटाली पराजित भएको छ।

बिहीबार राति भएको खेलमा इटाली स्पेनसँग १-० गोल अन्तरले पराजित भएको हो। प्रतिस्पर्धात्मक खेलमा स्पेनले जित निकाल्न भने उपहार गोलको सहायता लिनुपरेको थियो।

५५औं मिनेटमा स्पेनका निको विलियम्सले प्रहार गरेको बल इटालीका निकार्डो कालाफोरिलाई लागेर पोस्टमा पुगेपछि स्पेनले उपहार गोल पाएको थियो।

सोही गोललाई अन्तिमसम्म कायम राख्दै स्पेनले लगातार दोस्रो जितका साथ आफूलाई युरोकपको अन्तिम १६ मा पुर्याएको छ।

समूह बीमा स्पेनले २ खेलबाट ६ अंक बनाउँदा इटालीले समान खेलबाट ३ अंकमात्रै बनाएको छ। यसैगरी अल्बानिया र क्रोएसियाको समान एक-एक अंक रहेको छ।

युरो अन्तर्गत आज समूह डीका पोल्यान्ड र अस्ट्रिया तथा नेदरल्याण्ड्स र फ्रान्स खेल्दा समूह ईको स्लोभाकिया र क्यानडा आमने सामने हुने छन्।

असार ६, २०८१ शुक्रबार ०७:३७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।