बुटवलको डेल्टा मार्टमा आगलागी, अझै नियन्त्रणमा आएन

बुटवलको डेल्टा मार्टमा आगलागी, अझै नियन्त्रणमा आएन

काठमाडौं : बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा आगलागी भएको छ। मार्टको माथिल्लो तलाबाट सुरु भएको आगलागीबाट तेस्रो तलामा रहेको खेलकुद र स्टेसनरीका सामानहरू जलेर नष्ट भएका छन्।

यो समाचार तयार पार्दासम्म आगलागी नियन्त्रणमा आएको छैन। स्थानीय र प्रहरीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन्।

आगलागी नियन्त्रणका लागि रुपन्देहीका ५ वटा दमकल घटनास्थलमा पुगेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी मनोहल भट्टले जानकारी दिए। 

बिद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने मार्टका संचालक घनश्याम पाठकले बताए। शिक्षण पेशाका अगुवाहरूले संचालन गरेको डेल्टा मार्टले पछिल्लो समय बुटवलमा लोकप्रियता कमाउँदै गएको थियो। 

 

असार ५, २०८१ बिहीबार २०:५३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।