इन्डोनेसियाले अनलाइन जुवामाथि बन्देज गर्न २० लाख वेबसाइट बन्द गर्यो

इन्डोनेसियाले अनलाइन जुवामाथि बन्देज गर्न २० लाख वेबसाइट बन्द गर्यो

एजेन्सी : इन्डोनेसियाले अवैध अनलाइन जुवा खेलाउने २० लाखभन्दा बढी वेबसाइटहरू बन्द गरेको छ। 

अनलाइन जुवालाई नयाँ महामारी भएको जनाउँदै त्यहाँको सञ्चार मन्त्रालयले रोकथाममा कदम चाल्नुपरेको जनाएको छ। 

विश्वको सबैभन्दा ठूलो मुस्लिम बहुल राष्ट्रमा अनलाइन जुवा खेल्न प्रतिबन्धित छ, तर गत वर्ष ३० मिलियनभन्दा बढी इन्डोनेसियालीहरूले करिब २० बिलियन अमेरिकी डलर वा सकल घरेलु उत्पादनको १.५ प्रतिशत बराबरको गतिविधिमा संलग्न भएको सरकारी तथ्यांकले देखाएको छ।

‘अनलाइन जुवा धेरै चिन्ताजनक छ, यसले मानिसहरूको रगत चुसिरहेको छ,’ सञ्चार मन्त्री बुडी एरी सेटियाडीले भनिन्, ‘अनलाइन जुवाले पारिवारिक वित्तलाई कमजोर पार्छ र प्रायः महिलाहरूमा सबैभन्दा ठूलो भार पार्छ।’

एक मिडिया रिपोर्ट अनुसार गत हप्ता एक इन्डोनेसियाली महिला प्रहरीले आफ्ना श्रीमान्लाई जुवा खेल्ने लतका कारण आगो लगाएकी थिइन्, जसले उनीहरूलाई आर्थिक रूपमा संघर्ष गर्न छाडेको बताइन्। 

गत वर्ष २०२३ देखि गत अप्रिलसम्म भएका आत्महत्याका १४ घटना अनलाइन जुवाका कारण भएको खुलेको छ। अनलाइन जुवा सम्बन्धी ऋण बढेको कारण आत्महत्या भएको तथ्य बाहिर आएको जनाइएको छ।

असार ५, २०८१ बिहीबार १९:४८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।