लगातार फ्लप भएपछि सिद्धार्थले गरे प्रहरीको भूमिका नगर्ने घोषणा

लगातार फ्लप भएपछि सिद्धार्थले गरे प्रहरीको भूमिका नगर्ने घोषणा

एजेन्सी : असफलताले मानिसलाई धेरै कुरा सिकाउँछ। त्यो सिकाइलाई मानिसले जीवनमा अपनाउने हो भने उसलाई अगाडिको यात्रा निकै सहज हुन्छ। यही कुरालाई मध्यनजर गर्दै अभिनेता सिद्धार्थ मल्होत्राले अब कुनै पनि फिल्ममा प्रहरीको भूमिका निर्वाह नगर्ने घोषणा गरेका छन्।

उनले यसअघि फिल्म ‘शेरशाह’मा सैन्य अधिकारी, वेब सिरिज ‘इण्डियन पुलिस फोर्स’मा प्रहरी अधिकारी र हालै प्रदर्शन भएको फिल्म ‘योद्धा’मा सैन्य अधिकारीको भूमिका निर्वाह गरिसकेका छन्।

एकातर्फ कलाकारलाई एकै किसिमको भूमिका निभाई रहँदा ‘टाइपकास्ट’को जोखिम पनि हुन्छ। सिद्धार्थको फिल्म ‘योद्धा’ बक्सअफिसमा असफल भएपछि उनलाई यसले राम्रै झड्का दिएको छ। हालैमात्र फिल्म निर्देशक मेघना गुलजारले सिद्धार्थलाई सहकार्यको प्रस्ताव गरेकी थिइन्। तर फिल्ममा उनको चरित्र प्रहरीको हुने भनिएपछि सिद्धार्थले त्यो फिल्म नगर्ने निर्णय लिएका छन्।

‘योद्धा’ असफल भएपछि सिद्धार्थ ‘बर्दीधारी’ भूमिका नगर्ने निर्णयमा अडिग छन्। उनी अहिले विविध भूमिकामा उनको कलालाई फरक फरक देखाउने चरित्रमा काम गर्ने मुडमा छन्।

सिद्धार्थ निर्माता मुराद खेतानीका साथ एक्सन फिल्म गर्ने तयारीमा छन्। फिल्मको निर्देशन बलविन्दर सिंह जंजुआले गर्नेछन्। जसले रणदीप हुड्डाको ‘तेरा क्या होगा लवली’, निर्देशन गरेका थिए। 

असार ५, २०८१ बिहीबार १६:४४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।