सिटी एक्सप्रेस र यूएईको अल्जजिराबीच रेमिट्यान्ससम्बन्धी सम्झौता
काठमाडौं : यूएईको अल्जजिरा एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ।
यूएईमा रहेका नेपालीहरूले अल्जजिरा एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन्।
सिटी एक्सप्रेसका अनुसार नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध २५ हजारभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ। नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिनेछ।
यस सम्झौताका आधारमा यूएईमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सहज र गुणस्तरीय विप्रेषण सेवा प्रदान हुने विश्वास लिन सकिने बताइएको छ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ।
असार ५, २०८१ बिहीबार १६:३१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।