सेयर बजारमा १०.४४ अंकको गिरावट, बढ्यो कारोबार रकम

सेयर बजारमा १०.४४ अंकको गिरावट, बढ्यो कारोबार रकम

काठमाडौं : सेयर बजारमा दोहोरो अंकका गिरावटका बाबजुद बिहीबार कारोबार रकम भने बढेको छ। बजार परिसूचक १०.४४ अंकको गिरावट २०६८.३१ विन्दुमा रह्यो। 

८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँमा किनबेच भएको छ। सामान्य बढोत्तरसहित नेप्से परिसूचक २.२७ अंकले बढ्दै २०७८.७६ विन्दुमा रहँदा बुधबार ७२ लाख ९ हजार ७५७ कित्ता सेयर ३ अर्ब ४० करोड ४३ लाख रुपैयाँमा किनबेच भएको थियो। 

यसअघि मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रहँदा ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको थियो। 

साताको अन्तिम कारोबार दिन फाइनान्स १.८२ र म्युचअल फण्ड ०.१३ प्रतिशतले बढ्नुबाहेक ११ उप-समूह घटेका छन्। जसको असर बजार परिसूचकमा परेको हो। 

१८६ कम्पनीको सेयर मूल्य घट्दा सर्वाधिक नोक्सानमा कुथेली बुखारी साना जलविद्युतका लगानीकर्ता छन्। उक्त कम्पनीको सेयर ९.२८ व्रतिशतले घटेको छ। यस्तै, भगवती हाइड्रोपावर, ग्लोबल आइएमई लघुवित्तलगायत कम्पनी सेयर मूल्य घटेकाको सूचीमा छन्। 

५२ कम्पनीको सेयरमूल्य बढ्दा कालिका लघुवित्तका लगानीकर्ता ७.७१ प्रतिशत फाइदामा रहे। बाराही हाइड्रोपावर, सनराइज ब्लुचिप फण्ड, गुडविल फाइनान्स बढेका छन्। 

सर्वाधिक कारोबार हुनेमा माउन्टेन इनर्जी छ। उक्त कम्पनीको सेयर १७ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ७४ लाख, सीइडीबी हाइड्रोपावरको ९ करोड ९९ लाख, पोखरा फाइनान्सको ८ करोड ९६ लाख र गोर्खाज फाइनान्सको ८ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।  

असार ६, २०८१ बिहीबार १५:४५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।