प्रधानमन्त्रीले भने- 'टीकापुर घटनाका दोषीलाई कारबाही हुन्छ'

प्रधानमन्त्रीले भने- 'टीकापुर घटनाका दोषीलाई कारबाही हुन्छ'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी दाहालले टीकापुरमा जनधनको अपूरणीय क्षति भएको उल्लेख गर्दै दोषीलाई कारबाही गर्ने बताए। 

‘टीकापुर घटना एउटा दुखद घटना हो। जसमा जनधनको अपूरणीय क्षति हुनपुग्यो। घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुन बमोजिम नै हुनेछ’, दाहालले भने। 

थारूलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ।   

असार ५, २०८१ बिहीबार १४:४४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।