‘बिजनेस क्लास’ टिकटका कारण दुई समूह बनाएर स्वदेश फर्कियो नेपाली क्रिकेटमा टीम

‘बिजनेस क्लास’ टिकटका कारण दुई समूह बनाएर स्वदेश फर्कियो नेपाली क्रिकेटमा टीम

काठमाडौं : आईसीसी टी-२० विश्वकप खेलेर नेपाली टोली दुई समूह गरेर स्वदेश फर्किएको छ।

एउटा समूह राति १ बजे र अर्को समूह बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

विजनेस क्लासको हवाइ टिकट नमिलेका कारण टोली दुई समूहमा विभाजित भएर नेपाल आइपुगेको हो।

अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकपमा नेपाल पहिलो चरणबाटै बाहिरिएको थियो।

नेपालले तीन खेलमा हार बेहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण खेल सञ्चालक हुन सकेन।

बंगलादेश र दक्षिण अफ्रिकासँग भएका पछिल्ला दुई खेलमा भने नेपाल जित नजिक पुगेर निराश बनेको थियो।

नेपाल इतिहासमा नै दोस्रो पटक टी २० विश्वकपमा सहभागी बनेको थियो।

असार ५, २०८१ बिहीबार १२:२४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।