संसदमा सूर्य थापाले दिएको अभिव्यक्ति रेकर्डबाट हटाइयो

संसदमा सूर्य थापाले दिएको अभिव्यक्ति रेकर्डबाट हटाइयो

काठमाडौं : एमाले सांसद सूर्य थापाले बोलेको विषय संसदको रेकर्डबाट हटाइएको छ।

बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद थापाले प्यूठानको सडक निर्माण र बर्खा लागेसँगै गरिनुपर्ने पूर्व तयारीका विषयमा कुरा राखेका थिए।

उक्त विषय राख्ने क्रममा ‘जब राती, उसै बुढी ताती’ भन्ने शब्दावली प्रयोग भएपछि महिला सांसदहरूले त्यस विषयमा कुरा उठाएका थिए।

उनले भनेका थिए, ‘जसै राति उसै बुढी ताती जस्तो गरिकन पहिलो खसेपछि नियन्त्रण गर्ने खालको चाहिँ नगरौँ।’

लगत्तै महिला सांसद सुशिला थिङले सांसद् थापाले बोलेको शब्द असभ्य र संसदीय मर्यादाको खिलाफ भएकाले नियमापत्ती गर्दै त्यसलाई संसदको रेकर्डबाट हटाउमा माग गरेकी थिइन्।

त्यसपछि सभामुख देवराज घिमिरेले असंसदीय र लैङ्गिक भेद देखिने शब्द आएकाले रेकर्डबाट हटाएको जानकारी गराएका थिए।

असार ५, २०८१ बिहीबार १२:१९:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।