साउदीमा गर्मीका कारण हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

साउदीमा गर्मीका कारण हज यात्राका क्रममा ६ सय बढीको मृत्यु

काठमाडौं : अत्यधिक गर्मीका बीच साउदी अरेबियामा हज यात्राका क्रममा मृत्यु हुनेको संख्या ६ सय नाघेको छ।

बुधबार साँझसम्म ६ सय ४५ जनाको मृत्यु भइसकेको त्यहाँस्थित सञ्चारमाध्यमहरुले जनाएका छन्। मौसम परिवर्तनका कारण हज यात्राका लागि गएका अधिकांश वृद्धवृद्धा र दीर्घरोगीहरूको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसिया लगायत देशका नागरिकहरू छन्।

भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको त्यहाँस्थित कुटनीतिक नियोगलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्।

हज यात्राका क्रममा वर्षेनि यत्तिका संख्यामा हजयात्रीहरुको मृत्यु गरेको छ। तर यो वर्ष अझै समय बाँकी रहेकाले विगतभन्दा धेरैले ज्यान गुमाउनुपर्ने स्थिति बनेको अधिकारीहरूले बताएका छन्।

‘यो हरेक वर्ष हुन्छ। यो पनि निरन्तरता नै हो। तर अब केही दिनमा यो अझै बढेर जाँदैछ भन्ने कुरा चाँहि हाम्रो लागि जोखिमपूर्ण हो’, एक अधिकारीले भनेका छन्।

असार ५, २०८१ बिहीबार १२:०९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।