तोलाको छ सयले बढ्यो सुन

तोलाको छ सयले बढ्यो सुन

काठमाडौं : साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

बुधबारको तुलनाम बिहीबार सुन तोलाको ६ सय रुपैयाँले बढ्दा चाँदी ३५ रुपैयाँ प्रतितोलाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबार छापवाल सुनको मूल्य तोलाको १ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ।

तेजाबी सुन तोलाको १ लाख ४२ हजार १ सय रुपैयाँ हुँदा चाँदी १ हजार ८४० रुपैयाँ प्रतितोलामा कारोबार हुने महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको १ लाख ४२ हजार ८ सय रुपैयाँ र चाँदी १ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।

असार ५, २०८१ बिहीबार ११:०६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।