एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजमा यात्रा गर्दा १० प्रतिशतसम्म छुट

एनएमबि बैंकका ग्राहकलाई कतार एयरवेजमा यात्रा गर्दा १० प्रतिशतसम्म छुट

काठमाडौं : एनएमबि बैंकले कतार एयरवेजसँग साझेदारी गरी आफ्नो ग्राहकहरूलाई विशेष छुट उपलब्ध गराउने भएको छ।

एनएमबि बैंकका ग्राहकहरूले कतार एयरवेजको वेबसाइटमार्फत हवाई भाडा खरिद गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

छुट प्राप्त गर्नको लागि नेपालबाट प्रस्थान गर्ने कतार एयरवेजको उडानको टिकट काट्दा,  ग्राहकले अनलाइन प्रमोशनल कोड QRNMB24 प्रयोग गर्नुपर्नेछ।

साथै, कतार एयरवेज स्टुडेन्ट क्लबका विद्यार्थीहरूले थप लगेज लगायत अन्य विशेष सुविधा समेत पाउनेछन्।

एनएमबि बैंक विगत २८ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो।

बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि “बैंक अफदिइयर एसिया २०२१” उपाधिबाट सम्मानित भएको बैंक हो।

बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ।

बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

असार ५, २०८१ बिहीबार १०:४८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।