सर्लाहीमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा तीन जनाको मृत्यु, १७ जना घाइते

सर्लाहीमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा तीन जनाको मृत्यु, १७ जना घाइते

सर्लाही : सर्लाहीमा रोकिराखेको बसम ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बागमती नगरपालिका-१, रायमाझी चोकमा बिहीबार बिहान भएको दुर्घटनामा रुपन्देहीका दर्शक कहार, रामशरण केबट र हरिबहादुर चौधरीको मृत्यु भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्बरको भारतीय मालवाहक ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

असार ५, २०८१ बिहीबार ०९:५६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।