प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसहित आठ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिँदै

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसहित आठ मन्त्रीले सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं : प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। विहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित आठ मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।

प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद-९ बमोजिम प्रधानमन्त्रीले आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

यस्तै, आजकै बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित सात वटा मन्त्रालयका मन्त्रीहरूले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले जवाफ दिनेछन्।
 

असार ६, २०८१ बिहीबार ०७:४२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।